विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड निकासा

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १२:१४
विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड निकासा

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ। ५ महिनाको अवधिमा विभिन्न ८ वटा आयोजना तथा कार्यक्रमका लागि ७ अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ।

उक्त मन्त्रालयले सार्वजनिक गरेको पाँच महिनाको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो पाँच महिना अवधिमा रू दुई अर्ब एक करोड चार लाख ९४ हजार निकासा भएको छ। यो शीर्षकबाट गत भदौमा रू ७६ लाख ९९ हजार सात सय ८० र असोज महिनामा रू एक करोड ६८ लाख ६८ हजार चार सय ९० निकासा भएको छ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट