बलात्कारको मुद्धामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ५ लाख रुपैयाँ क्षतिपूर्ति

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १६:५0
बलात्कारको मुद्धामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ५ लाख रुपैयाँ क्षतिपूर्ति

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

लामिछाने उच्च अदालत जाने भएका छन्।

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जाने बताए।

बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलील पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको तर्कसमेत गरे।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १६:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट