माओवादी केन्द्रको विधान मस्यौदा आज स्थायी समितिमा पेश हुने

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० 0८:0५
माओवादी केन्द्रको विधान मस्यौदा आज स्थायी समितिमा पेश हुने

नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विधानको मस्यौदा पेस गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई उक्त मस्यौदा पेस गरेको हो।

माओवादी केन्द्रले यही पुस ५ गते उपाध्यक्ष भुसालको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो। समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की रहेका थिए।

मस्यौदा शनिबार बस्ने स्थायी समिति बैठकमा पेस हुने पार्टी स्थायी समितिमा छलफल हुने र स्थायी समितिको निर्णयानुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने महासचिव गुरुङले जानकारी दिए।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ। विधान सम्मेलन अघि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ। त्यस अवसरमा महासचिव गुरुङ, उपमहासचिवद्वय पोखेरेल र शर्मा तथा सचिव गणेश साह उपस्थित थिए।

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० 0८:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट