नबिल बैंकले गर्‍यो ३२० करोड नाफा

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० 0८:३९
नबिल बैंकले गर्‍यो ३२० करोड नाफा

नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा ६।३८ प्रतिशतले घटेर ३ अर्ब २० करोड खुम्चिएको छ।

गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख ७६ हजार रुपैयाँ छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ छ।

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० 0८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट