बम्जनले योग ध्यान गर्न छाडे : टीभी हेरेर दिन बिताउँछन्

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० 0९:३६
बम्जनले योग ध्यान गर्न छाडे : टीभी हेरेर दिन बिताउँछन्

बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महोत्तरीको जलेश्वर कारागारमा सहयोगी पाएका छन्। बम्जनको माग अनुसार उनलाई एकजना सहयोगी उपलब्ध गराइएको जलेश्वर कारागार प्रशासनले जनाएको छ।

बम्जनले कारागारमा लसुन, प्याज र बेसार हालेको खाना खाँदैनन्। सुरुमा बम्जनलाई पनि अन्य कैदीलाई बनाएको खाना दिँदा उनले आफूले लसुन, प्याज र बेसार हालेको खाना नखाने भन्दै साकाहारी खानाको व्यवस्था गर्न माग गरेका थिए।

बम्जनलाई केही दिन बिहानको खाना उनका अनुयायीले बाहिरबाट ल्याइदिने गरेका थिए।

तीन तले कारागार भवनको तेस्रो तलामा बम्जन दिनभरी टेलिभिजन (टीभी) हेरेर बस्ने गरेका छन्। कारागारमा आएका दुई तीन दिन उनले साँझ बिहान योग ध्यान गरे पनि अहिले त्यो छाडेका छन्।

सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा गएको पुस २६ गते बम्जन जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका हुन्।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट