सिरियामा जोर्डनको हवाई आक्रमण परि ९ जनाको मृत्यु

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० ११:३२
सिरियामा जोर्डनको हवाई आक्रमण परि ९ जनाको मृत्यु

सिरियाको स्वेडामा जोर्डनको हवाई आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ। जोर्डनका लडाकु विमानले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ।

दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान्-श्रीमती, उनीहरूका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको र एक जना वृद्ध महिला वेपत्ता रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।

सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको ज्यान गएको छ। जोर्डनले सिरिया-जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागूऔषध तस्करहरूलाई लक्षित गरी कारबाही गर्दै आएको बताएको छ। -एजेन्सी

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट