राजश्व अनुसन्धानले कहाँ कहाँ छापा हान्यो ?

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १४:२२
राजश्व अनुसन्धानले कहाँ कहाँ छापा हान्यो ?

हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोडबाट राजस्व अधुसन्धान विभागले पक्राउ गरेको हो ।

‘राजस्व अनुसन्धान विभागको टोलीले करिब दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ,’ विभागका महानिर्दशक नवराज ढुंगानाले भने ।

उनीहरूको साथबाट २ करोडभन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको छ । अग्रवालले क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए । उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका छ । पक्राउ परेका अन्य दुई जनाको भने परिचय खुलाइएको छैन ।

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताए ।

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट