कपाल मुण्डन गरेर बुवाको किरियामा बसिन् पुर्वमन्त्री उषाकला राई

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० 0९:२४
कपाल मुण्डन गरेर बुवाको किरियामा बसिन् पुर्वमन्त्री उषाकला राई

नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राई कपाल मुण्डन गरेर बुवाको काज-किरियामा बसेकी छन्। कोशी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री एवम् संविधानसभा सदस्यसमेत रहेकी राईका पिता ८७ वर्षीय रुद्रकुमार राईको बिहीबार राति काठमाडौंमा निधन भएको थियो।

बुवाको निधनपछि कपालसमेत मुण्डन गरेकी उनले काठमाडौंस्थित आफ्नो घरमै काज-किरिया थालेकी हुन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले घर भएका उषाकलाका पिता साविक खाल्ले गाविसका पूर्वगाविस अध्यक्ष हुन्। उषाकलाले सिन्धुपाल्चोक घर भएका पूर्वमन्त्री शेरबहादुर तामाङसँग विवाह गरेकी छन्।

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० 0९:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट