आजसम्म निष्ठाको राजनीति छाडेको छैन : ओली

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १७:४८
आजसम्म निष्ठाको राजनीति छाडेको छैन : ओली

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले निष्ठाको राजनीति नछाडेको दाबी गरेका छन् ।

मङ्गलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘संसद्‌मा केपी शर्मा ओली’ नामक ग्रन्थको विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

“सुरू गर्दादेखि अहिलेसम्म मैले निष्ठाको राजनीति छाडेको छैन । एउटै धारमा मेरा विचारहरू प्रवाह हुने गरेका छन् । एउटै विचारधारामा मेरो राजनीति अघि बढेको छ,” उनले भने ।

अगाडि उनले भने, “२०४८ सालमा होस्, ०५८ होस् वा ०६८, ०७८ साल; मैले निष्ठाको राजनीति छाडेको छैन । सुशासनप्रति, जनताप्रति, व्यवस्था-संविधानप्रति; सबैका प्रति मैले निष्ठाको राजनीति गरिरहेको छु । मैले मेरा विचारहरूलाई एउटै धारामा प्रवाहित गरिरहेको छु ।”

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १७:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट