१५ लाख घुस खाने वडाअध्यक्ष १५ लाख नै धरौटी बुझाएर रिहा

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० ११:0२
१५ लाख घुस खाने वडाअध्यक्ष १५ लाख नै धरौटी बुझाएर रिहा

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादे १५ लाखमा धरौटीमा रिहा भएका छन् । सेवाग्राहीबाट १५ लाख रूपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्ष बादे धरौटीमा रिहा भएका हुन् ।

बादेलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख रूपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो ।

आइतबार भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई बिगोबराबरको धरौटी रकम बुझाएर बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न सक्ने आदेश दिएको बताइएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट रंगेहात पक्राउ गरेको थियो ।

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट