यौन दुराचारको आरोप लागेका हेडमास्टर कर्यापझ्याप : विद्यार्थी भक्ते चोर भन्दै सडकमा !

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० १५:४५
यौन दुराचारको आरोप लागेका हेडमास्टर कर्यापझ्याप : विद्यार्थी भक्ते चोर भन्दै सडकमा !

दोलखाको जिरी नगरपालिकास्थित जेम एकेडेमीका हेडमास्टर भक्तराज बोहोराले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विधार्थीहरुले नाराबाजीसहित तोडफोड गरेका छन् ।

बोहोराले जेम एकेडेमीकी एक छात्रालाई यौन दुर्व्यवहार गरेपछि आक्रोशित विधार्थीहरुले उनको कार्यकक्षमा तोडफोड गरेका छन्।

स्रोतका अनुसार विद्यालयको होस्टलमा बस्ने छात्रालाई बोहोराले पटक–पटक यौन दुर्व्यवहार गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय जिरी नजिकै रहेको सो विद्यालयमा नारावाजी र तोडफोड भएपछि प्रहरीले बोहोरालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट