आज नेपाल र प्यालेस्टाइन भिड्दै

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १२, २०८० 0८:४१
आज नेपाल र प्यालेस्टाइन भिड्दै

वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्यालेस्टाइनसँग खेल्दैछ। साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।

यो खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ। समूह विजेताले समुह ‘ए’ को उपविजेता लेवनानसँग खेल्नेछ। उपविजेताले भने समूह ‘ए’ को विजेता जोर्डनसँग खेल्नेछ। पहिलो पटक वाफ खेलिरहेको नेपाललाई उपाधि दाबेदारको रुपमा हेरिएको छ।

नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो। दोस्रो खेलमा भने इराकमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो।

इराकमाथि जित निकाल्ने क्रममा सबै गोल सावित्रा भण्डारी साम्बाले गरेकी थिइन्। सो गोलसँगै साम्बाले नेपालका लागि अन्तराष्ट्रिय खेलमा ५० गोलको कोशेढुङ्गा पार गरेकी थिइन्।

साम्बा जारी च्याम्पियनसिपको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। च्याम्पियनसिपमा उनले २ खेलमा ६ गोल गरिसकेकी छिन्।

समूह चरणका समान २ खेलमा जित निकालेका नेपाल र प्यालेस्टाइन शीर्ष स्थानमा छन्। अंक तालिकामा समान ६ अंक भएपनि गोल अन्तरमा नेपाल शीर्ष स्थानमा छ भने प्यालेस्टाइन दोस्रो स्थानमा छ। लगातार दुई खेलमा हार भोगेका सिरिया तेस्रो र इराक चौथो स्थानमा छ।

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १२, २०८० 0८:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट