वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १४:५३
वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा उनले अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन गाह्रो भइरहेको सुनाए ।

“नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन गाह्रो भइरहेको छ,” उनले बैठकमा भने, “डिलिङ नेपाल भित्रभन्दा बाहिर हुन थाल्यो, त्यसैले सूचना बाहिर बढी छ ।” उनले सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको बताए ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्