एसपी बढुवा : ज्ञानेन्द्र शाही कुट्नेदेखि करोडौंको बंगला ठड्याउनेसम्मको दौडधुप !

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १२:५0
एसपी बढुवा : ज्ञानेन्द्र शाही कुट्नेदेखि करोडौंको बंगला ठड्याउनेसम्मको दौडधुप !

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको तयारी गरेको छ । रिक्त भएका सात पदमा १२ डिएसपीबीच चर्को प्रतिस्पर्धा छ ।

पहुँचवाला डिएसपीहरु योग्यता क्रमको अन्तिममा भएकाले एसपी बढुवा पेचिलो बनेको छ । बरियता अनुसार प्रदीप क्षेत्री पहिलो, अंगुर जिसी दोस्रो तथा ढकेन्द्र खतिवडा तेस्रो नम्बरमा छन् । त्यस्तै, यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार र निरञ्जनदत्त भट्ट टप ७ भित्र पर्दछन् ।

अहिलेको वरियतामा पछाडि रहेका डिएसपीहरू राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे शक्तिशाली मानिन्छन् । १२ औँ नम्बरमा रहेका घिमिरे यसअघि प्रधानमन्त्री प्रचण्डको पिएसओ बसेका अधिकृत हुन् । यसअघि नै बढुवामा छुटेकालाई यस पटक जसरी पनि उनलाई बढुवामा समेट्नुपर्ने दबाब गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छ ।

केपी ओलीको पिएसओ बसेका सन्तोष तामाङ र राजन लिम्बु पनि बढुवाका प्रबल दाबेदार हुन् । उनीहरू टप ७ बाहिर छन् ।

बढुवा सुचीको सम्भावित एक नम्बर प्रदिप क्षेत्री भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीलाई कुटपीट गरेपछि विवादमा तानिएका थिए । २०७६ मा सुर्खेत प्रहरी कार्यालयले शाहीलाई साइबर अपराध मुद्दामा पक्राउ गरेको थियो । पक्राउ परेका शाहीलाई थप कारबाही तथा अनुसन्धानका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौं प्रहरी कार्यालयको निगरानीमा अस्पतालमा उपचारमा रहेका शाहीले सुर्खेत प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रदिप कुमार क्षेत्रीको निर्देशनमा आफूलाई कुटपीट गरेको आरोप लगाएका थिए । भिडियो सन्देशमा उनले आफूलाई यातना दिने प्रहरीहरुको नामावली नै सुनाएका थिए ।

उनले भनेका थिए, ‘मैले भ्रष्टाचार विरुद्ध बोल्दा नेपाल प्रहरीले मलाई कुटपीट गर्यो । डिएसपी प्रदीप क्षेत्री, इन्सपेक्टर निरञ्जन घिमिरेजी र अर्को मेरो बाउ भन्नु हुन्छ सई भक्ति खनाल भन्ने हुनुहुन्छ । उहाँहरुले मलाई यति धेरै यातना दिनु भयो की जो मैले संकटकालमा पनि देखिनँ,’ उनले भनेका छन्,–‘त्यतिले मात्रै पुगेन उहाँहरुलाई लोकलगाडीमा उल्टो हत्कडी लगाएर नाङ्गो खुट्टा सुर्खेतबाट काठमाडौंसम्म लोकल गाडीमा यहाँ सम्म पुर्याए मलाई ।’

डिएसपी सन्तोष तामाङले झम्सिखेलमा सात आना जग्गामा रिसोर्ट शैलीमा भव्य भवन बनाएका छन् । झापा घर भएका तामाङ एमाले अध्यक्ष केपी शर्मा ओलीका पुर्व पिएसओ हुन्। रसुवामा हुँदा सुन तस्कर समूहसँग मिलेर तस्करीको लाइन खुलाएर उनले अबैध सम्पत्ति आर्जन गरेको बताईन्छ। आनाको करिब करोड रुपैयाँ पर्ने झम्सिखेलमा उनले सात आना जग्गामा रिसोर्ट शैलीमा भव्य भवन बनाएका छन् ।

ठमेलमा गुन्डागर्दी गर्ने उमेश लामासँगको साझेदारीमा उनले ठेक्कपट्टा गर्दै आएको दृष्टि साप्ताहिकले लेखेको थियो। उमेश लामा र डिएसपी तामाङको श्रीमतीको नाममा पबित्रा मल्टिपल जेभी र भण्डार फो’टुङग नामक कम्पनी रहेको स्रोत बताउँछ । तिनै कम्पनीमार्फत उनी ठेक्कापट्टामा सं’लग्न छन् ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीसहित पाँच प्रहरीलाई निलम्बन गरेको थियो । उनले बयान समेत दिएका थिए ।

  • मिसन संवाददाता
  • बुधबार, मंसिर २७, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट