काठमाडौँ उपत्यकामा पानी पर्यो

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० 0९:३७
काठमाडौँ उपत्यकामा पानी पर्यो

देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि यतिबेला (बुधबार बिहान) बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको मौसम सामान्यतया बदली छ।

उनका अनुसार आज दिउँसोदेखि साँझसम्म काठमाडौँ उपत्यकामा छिटपुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना छ। मौसमविद्का अनुसार १० मिलिमिटरसम्म मात्र वर्षा हुनुलाई हल्का वर्षा भनिन्छ।

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ। ‘राति आकाशमा बादल लागेपछि न्यूनतम तापक्रम बढ्छ’, मौसमविद् झाले भने। उनका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान छ।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

आज काठमाडौँ उपत्यकासँगै देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० 0९:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट