सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक बुधबार दिउँसो २ बजे पार्टी मुख्यालय आलोकनगरमा बस्ने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । इलाम २ गठबन्धनको सहयोगमा उठ्ने चाहना नेता खनालले राखेका छन् । खनालले इलाम १ मा पराजय बेहोरेका थिए ।