दोलखाको पशुपति चौलागाईं अस्पताल लगायत १० अस्पताल स्तरोन्नती गर्ने मन्त्रिपरिषदको निर्णय

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० 0९:३५
दोलखाको पशुपति चौलागाईं अस्पताल लगायत १० अस्पताल स्तरोन्नती गर्ने मन्त्रिपरिषदको निर्णय

बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ । साथै स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत पनि गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नती हुने छन् ।

सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०/५० बेडमा स्तरोन्नती हुने छन् ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० 0९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट