हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ 0८:४५
हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उहाँले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिनुभएको हो । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल गर्नुभयो । स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो । विसं २०८० साउनभित्र हुलाकी सडक निर्माण सम्पन्न गर्ने गरी भूमि कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । उक्त कम्पनीले काम नगरेपछि देव एण्ड सायर कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जीनियर दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ 0८:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्