पाँच जिल्लाका विपन्नलाई निःशुल्क स्वास्थ्य शिविर

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १५:३१
पाँच जिल्लाका विपन्नलाई निःशुल्क स्वास्थ्य शिविर

दैलेखमा सुरु गरिएको निःशुल्क शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् । शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जना बिरामीले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निःशुल्क उपचार सेवा प्रदान गरेको हो । आर्थिक अभावले काठमाडौँसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दैलेखमा निःशुल्क शिविरको आयोजना गरिएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिनुभयो । शनिबारदेखि सुरु भएको शिविरमा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको विशेषज्ञ डाक्टर मुक्ती तिमिल्सेनाले बताउनुभयो । शिविरमा विदेशी विशेषज्ञ क्याट्रिना हेगेन, नेपालका छ जना विशेषज्ञ डाक्टरसहित १८ जनाको टोलीले दैलेखमा निःशुल्क सेवा प्रदान गरेको हो । दैलेखमा समाधान हुन नसकेका कतिपय बिरामीलाई काठमाडौँमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने विशेषज्ञ क्याट्रिना हेगेनले बताउनुभयो । आर्थिक अभाव र दुर्गम भएकै कारण उपचार गर्न नपाएका नागरिकका लागि शिविरले प्रदान गरेको सेवा निकै प्रभावकारी देखिएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट