सिरहाको विष्णुपुर गाउँपालिका-१ बजारस्थित एक बोर्डिङ स्कूलको होस्टेलमा एक बालिकालाई शिक्षकले बलात्कार गरेका छन् । एक स्थानीय होस्टलमा खाना पकाउने एक महिलाकी १४ वर्षीया छोरी बिहीबार मध्यराति शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् ।
उनी आमालाई पालो दिन होस्टलमा खाना पकाउन गएकी थिइन् । घटनापछि शिक्षक यादव फरार छन् ।
बालिकाले राति नै आमालाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् । आज एकाबिहानै उनकी आमा स्कूल पुग्दा शिक्षक यादव फरार भइसकेका थिए ।घटनापछि स्कूल सञ्चालकले नै शिक्षकलाई भगाएको बालिकाको आफन्तको आरोप छ ।