एमाले उपाध्यक्षको प्रश्न : कोशी प्रदेशको नाम एमालेले राखेको हो र ?

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १0:0८
एमाले उपाध्यक्षको प्रश्न : कोशी प्रदेशको नाम एमालेले राखेको हो र ?

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैंले प्रदेशको नाम कोशी राख्ने र पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने बताए। आइतबार झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीमाझ उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालको गतिविधिविरुद्ध एमाले लाग्ने चेतावनीसमेत दिए।

पोखरेलले कोशी प्रदेशको नामकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो र? भन्दै प्रश्नसमेत गरे। उनले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोपसमेत लगाए।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट