धरौटीमा रिहा हुनुपर्ने माग राखेर सर्वोच्च पुगे पुर्व एमाले सांसद इच्छाराज तामाङ

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:२७
धरौटीमा रिहा हुनुपर्ने माग राखेर सर्वोच्च पुगे पुर्व एमाले सांसद इच्छाराज तामाङ

सहकारीका निक्षेपकर्ताको बचत रकम ठगीको अभियोगमा पक्राउ परी काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा रहेका व्यवसायी एवं पूर्व सांसद इच्छराज तामाङ सर्वोच्च अदालत पुगेका छन्। आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

तामाङले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत पाटनको निर्णय बदर भइ धरौटीमा रिहा हुनुपर्ने माग गरेका छन्।

संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै ३ साता लामो थुनछेक बहसपछि २०७८ पुसमा तामाङलाई थुनामा पठाएको थियो। जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। पाटनले पनि जिल्लाको आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन्।

तामाङले पुस १ गते सर्वोच्चमा बेरितको निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा आज (मंगलबार)का लागि पेसी तोकिएको छ। तामाङको निवेदनमाथि सुनुवाइका लागि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेसी परेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकामध्ये जिल्ला अदालतले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउने आदेश दिएको थियो। १२मध्ये ९ जनालाई धरौटीमा छाड्ने तथा १ जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो।

जिल्ला अदालत काठमाडौंमा मुद्दामाथि बहस भइरहँदा तामाङले न्यायाधीशलाई घुस दिन खोजेको प्रकरण पनि सार्वजनिक भएको थियो। उनले कानुन व्यवसायीमार्फत् न्यायाधीशसँग घुसको अफर गरेको अडियो समेत सार्वजनिक भएको थियो।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट