सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले दोलखाको जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा लाईब्रेरी सहयोग गरेको छ । देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक-एक लाख बराबरको पुस्तक सहयोग गर्ने फाउन्डेसनको केन्द्रिय कार्यक्रम अनुसार जिरीमा पुस्तकालयका सामग्री हस्तान्तरण गरिएको थियो ।
हालसम्म दाङ, सुनसरी, जिरी र डोटीमा पुस्तक सहयोग गरिसकिएको छ । पोखराको लागि पनि पुस्तक लिएर फाउन्डेसनका केन्द्रिय अध्यक्ष सन्दिप पुन पुगेका छन् । जिरीमा फाउन्डेसनको तर्फबाट तेजविक्रम ओली, बुद्धिमान तामाङ्गद्वारा एक कार्यक्रमकाबीच पुस्तक हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहिद स्मृति आवासीय माध्यमिक विद्यालय, जिरीका प्रधानाध्यापक केन्द्रज्योति खड्का, अन्य शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियो ।