बालकुमारीमा ज्यान गुमाएकाको परिवारलाई १० लाख : डिएसपी र ईपीएस शाखा प्रमुख निलम्बन

  • मिसन संवाददाता
  • शनिबार, पुस १४, २०८० १६:२२
बालकुमारीमा ज्यान गुमाएकाको परिवारलाई १० लाख : डिएसपी र ईपीएस शाखा प्रमुख निलम्बन

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो भएको घटनामा परी ज्यान गुमाएका दुई युवाको परिवारलाई १०–१० लाख राहत घोषणा गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको सहभागी एक मन्त्रीले बताए।

सातदोबाटोका डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ। ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय पनि भएको ती मन्त्रीले जानकारी दिए।

उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय पनि भएको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। बालकुमारीमा भएको प्रहरीसँगको झडपमा परी अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो।

  • मिसन संवाददाता
  • शनिबार, पुस १४, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्