डा. प्रेरणा श्रेष्ठलाई अमेरिकी विश्वविद्यालयमा २९ करोडको फण्ड प्राप्त

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० 0९:३८
डा. प्रेरणा श्रेष्ठलाई अमेरिकी विश्वविद्यालयमा २९ करोडको फण्ड प्राप्त

अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयको रेनइसेन्स स्कुल अफ मेडिसिनअन्तर्गत न्यूरोबायोलोजी तथा बिहेबियर विभागकी सहायक प्राध्यापक डा. प्रेरणा श्रेष्ठले २.२ मिलियन अमेरिकी डलर ग्राण्ट प्राप्त गरेकी छन् ।

उनले पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअडर (पीटीएसडी)को अनुसन्धानका लागि अमेरिकाकाे नेशनल इन्सटिच्युट अफ मेन्टल हेल्थबाट नेपाली रुपैयाँ २९ करोड २५ लाखभन्दा बढी फण्ड प्राप्त गरेकी हुन् ।

डा. श्रेष्ठले पीटीएसडी भएका व्यक्तिहरुले किन बारम्बार पीडादायी स्मृतिहरुको अनुभव गर्छन् भन्नेबारेको अनुसन्धानका लागि उक्त ग्राण्ट प्राप्त गरेकी हुन् । चार वर्षे उनको अध्ययनलाई आगामी सन् २०२७ अक्टोबर ३१ सम्म इन्सटिच्युटले फण्ड गर्नेछ ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० 0९:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट