‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

  • मिसन संवाददाता
  • शनिबार, चैत्र १०, २०८० 0७:0२
‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

दयाहाङ राई अभिनित नेपाली सिनेमा’डिग्री माइला’को ट्रेलर सार्वजनिक भएको छ। रामबाबु गुरुङ निर्देशित सिनेमाको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो।

झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ।

क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरा स्वभावका दयाको खिचातानीलाई ट्रेलरमा कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

दर्शक हसाउने संवाद ट्रेलरमा सुन्न सकिन्छ भने क्यामरा फ्रेमिङ यसपटक रामबाबुको सिनेमा धेरै राम्रो देखिएको छ। क्यामराको कामले सिनेम्याटिक फिल दिन्छ।

दयाहाङको केन्द्रीय भूमिकामा रहेका सिनेमामा अभिनेत्री आँचल शर्मा उनको प्रेमीका बनेकी छिन्।

दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो सिनेमा आधारित रहेको छ। सिनेमा बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्ले निर्माण गरेको हो ।

दयाहाङ र आँचलका अलवा सिनेमामा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ भने अभिनेत्री ऋचा शर्माको विशेष भूमिका छ।

  • मिसन संवाददाता
  • शनिबार, चैत्र १०, २०८० 0७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट