काठमाडौं,नेकपा (एमाले) ले आज बसेको सचिवालय बैठकबाट पार्टीभित्र ठूला निर्णयहरू गर्दै तीन नेतामाथि कारबाही गरेको छ।
पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाटै निस्काशित गरिएको छ र डा. बिन्दा पाण्डे र उषाकिरण तिमल्सेना दुवैलाई ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ।पार्टीको हित विपरीत अभिव्यक्ति दिएको भन्दै तीनैजनालाई स्पष्टीकरण मागिएको थियो। तर, उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको कारण कारबाही गरिएको एमाले महासचिव शंकर पोख्रेलले बताएको छन्।यिनै कुराले पनि स्पष्ट देखिन्छ कि एमाले पार्टी भित्र सच्चा र इमान्दार मान्छेको काम छैन भनेर। जो नेताको चाप्लुसी गर्न सक्यो भ्रष्टाचार गर्न सक्यो भ्रष्टाचारीहरुको तारिफ गर्न सक्यो त्यस्ताको मात्र ठाउँ छ एमालेमा।यो निर्णयसँगै पार्टीभित्रको असन्तुष्टिलाई थप बल दिने सम्भावना देखिएको छ।