वैदेशिक रोजगार विभाग इपिएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ। दक्षिण कोरियामा उत्पादनमुलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए। सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको फारम भर्न नपाइने व्यहोरा उल्लेख […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल बुधबार साँझ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेको छ।कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै गएका हुन । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । […]
गुजरात चट्याङ र मुसलधारे वर्षाका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । पश्चिमी गुजरातमा कयौँ घरमा क्षति पुगेको छ भने पशु चौपायाहरू पनि मारिएका छन् ।मौसमविद्हरूले जाडो महिनामा गुजरातमा आँधीबेहरी अस्वाभाविक भएको बताएका छन् । मुसलधारे वर्षाले सबैलाई चकित बनाएको उनीहरूको भनाई छ । आकस्मिक बाढी र चट्याङबाट भारतमा हरेक वर्ष हजारौँको मृत्यु […]
काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार बेलुका काठमाडौंमा चार घण्टा लामो प्रस्तुति दिएका छन् । चावहिलस्थित हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट हेर्न १० हजार नेपाली दर्शक सहभागी रहेको आयोजकले जनाएको छ ।कन्सर्टमा विभिन्न हिन्दी तथा नेपाली गित गायर माहोल ततायका थिए।खुट्टाको असहजताबीच उनले लगातार प्रस्तुति दिए । उनका हिट बलिउड गीतमा नेपाली दर्शक […]
काठमाडौँ गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो । परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको […]
काठमाडौं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो । भेटमा दुईदेशबीचको आपसी सहकार्य र आपसी हितबका बारेमा र जाजरकोट भुकम्प पिडितलाई सहयोग गर्ने कुरा बताइएको छ।
काठमाडौं । इजरायल आक्रमणमा पर्दा १० जना नेपालीको मृत्यु भएको भएको छ भने तीन जना घाइते भएका छन् । हिजो शनिबार प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, […]
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र यूएसएड अन्तर्गत नेपालमा मुसुरो बाली प्रवद्र्धन कार्यक्रमका प्रतिनिधि बीच मसुरोको उत्पादन बृद्धि र व्यावसायीकरण बारे छलफल भएको छ । ललितपुरको खुमलटार स्थित नार्कको केन्द्ीय कार्यालयमा आज नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र यूएसएडको नेपालमा मसुरो बाली प्रवद्र्धन कार्यक्रमको परियोजनाका उपनिर्देशक जोन मेडेनलोपको नेतृत्वमा रहेको टोलीका बीचमा मसुरो […]
काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसंग भेटघाट गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी बिकास मन्त्री भुसालले भारतका कृषि एवम् कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासंग आज भेटघाट गरेका हुन् । दुबै मन्त्रीसंग भएको छुट्टाछुट्टै भेटमा कृषि […]
ढकाठमाडौँ । चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ व्यवसायी ज्याक मा नेपाल भ्रमणमा आएका छन् । हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइए पनि काठमाडौंमा उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक भएकाे […]
काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् । पेरिस सेन्ट जर्मेइन क्लबबाट बाहिरिएपछि मेस्सीले साउदी अरेबियाको अल–हिलालबाट आएको थप आकर्षक प्रस्ताव अस्वीकार गर्दै अमेरिकी क्लब मियामी जाने पक्का भएकाे हाे । गत वर्ष विश्वकपको उपाधि जितेका ३५ वर्षीय मेसीले पहिलो पटक युरोपबाहिरको क्लबमा आबद्ध रहेर खेल्ने भएका हुन् […]
काठमाडौं । भारतको ओडिशा राज्यस्थित बालासोर जिल्लामा रेल दुर्घटना हुदा २ सयभन्दा बढीको मृत्यु भएको छ । चेन्नईबाट हावडातर्फ गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किँदा भयानक दुर्घटना भएको भारतीय मिडियाहरूले जानकारी दिएका छन् । दुर्घटनामा २०९ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । उद्धारका लागि घटनास्थलमा १०० भन्दा […]