नेपालीहरू मानव तस्करमार्फत् ब्रजिलसहितका दक्षिण अमेरिकी देशहरू हुँदै गैरकानुनी बाटोबाट संयुक्त राज्य अमेरिका र क्यानडाजस्ता देश जाने गरेको पाइएको छ।ब्रजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेका १७६ नेपालीहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली नियोगले उनीहरू कसरी पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे,उनीहरू को थिए, भन्नेबारे खोजी जारी […]
सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना […]
सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै पर्यटन मन्त्रालयको प्रस्तावमा बैठकले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा […]
नेपाल प्रहरीमा कार्यरत एक हजार ३०८ जना प्रहरी जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ । बढुवा समिति बैठकको निर्णय अनुसार मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो । जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हेर्नुहोसु सूची […]
ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटौँ महाधिवेशन तथा १५ औँ वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौँमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, ध्रुव दाहाल खत्री,प्रदीप अर्याल, बालकृष्ण पोखरेल गरी […]
सहायक रथीबाट उपरथीमा अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउवा बढुवा भएका छन् । उनीहरुलाई आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे । नेपाली सेनाका अनुसार बढुवा भएका उपरथीहरु थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह–संयोजक, श्रेष्ठलाई मध्यपश्चिम पृतनापति र देउजालाई संभाररथी विभागमा नियुक्त गरिएको छ […]
न्याय सेवा आयोगले कानुन समूहका सहसचिव र उपसचिवसहित १६८ कर्मचारीको सरुवा तथा पदस्थापनको निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले कानुन मन्त्रालयका सहसचि निर्मला अधिकारी भट्टराईलाई प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयका सहसचिव धर्मराज कुइकेललाई कानुन मन्त्रालयमा सरुवा गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयका कानुनका सहसचिव दलबहादुर अधिकारी कानुन मन्त्रालयमा सरुवा हुँदा कोशी प्रदेशको […]
कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११३ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि […]
जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण गरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । आवेदन फागुन २४ भित्र बुझाउनुपर्नेछ […]
नेपाली सेनाको प्रा.सु. नर्सिङ र प्रा.जम. कम्प्युटरको अन्तिम नतिजा सार्वजनिक भएको छ । ती पदहरुमा विभिन्न समूहमा गरी जम्मा ५५ जना उम्मेदवार छनोट भएका छन् । ती मध्ये ४२ जना नर्सिङ तर्फ रहेका छन् भने १३ जना कम्प्युटरतर्फ रहेका छन् । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार स्वीकृत दरबन्दीका उक्त पदहरुमा लिखित, प्रयोगात्मक र अन्तर्वार्तापछि […]
नेपाल प्रहरीले गत कात्तिक ३ गते प्रकाशित गरेको विज्ञापनमा थन जनशक्ति माग गरेको छ । जसअनुसार प्रहरी सहायक निरीक्षक पदमा १०५ जना थप जनशक्ति माग भएको हो । ‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न देहाय बमोजिमको माग पद सङ्ख्या थप गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको […]
काठमाडौं- ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ । इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ । इ सेभन भिषा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने भिषा हो । कोरियाले इ […]