अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र खैरहनीमा […]
रसुवा । कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट एक हजार आठ सय ९२ घरपरिवारका १२ हजार छ सय ९२ स्थानीयवासीले पहिलोपटक सुविधा पाउने ग्रामीण अस्पताल जिबजिबेका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले जानकारी […]
काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ । कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास […]
काठमाडौँ । नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले राससलाई बताउनुभयोे । विकास समितितिसमेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो । अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको सङ्ख्या […]
कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट एक हजार आठ सय ९२ घरपरिवारका १२ हजार छ सय ९२ स्थानीयवासीले पहिलोपटक सुविधा पाउने ग्रामीण अस्पताल जिबजिबेका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले जानकारी दिनुभयो । […]
काठमाडों । जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ । झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । २०६३ देखी मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भएकी थिइन् ।
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा जनतालाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा अभियानलाई तीव्र बनाइएको छ । अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिनुभयो । सिनागालस्थित अपाङ्ग बाल अस्पताल पुनः स्थापना केन्द्रसहित करिब एकसय घरमा स्वच्छ खानेपानी पु्याउन अभियान थालिएको उहाँले बताउनुभयो […]
मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ । खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएका छन् […]
काठमाडौँ । विपद् तथा भैपरी आउनसक्ने तथा भवितव्य घटनाबाट पीडित भएकालाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नुवाकोटमा कोष स्थापना गरिने भएको छ । यसका लागि जिल्लामा रहेका स्थानीयतहसहित बागमती प्रदेश सरकारबाट समेत सहयोग जुटाउन लागिएको हो । स्थापना गर्न लागिएको कोषले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न व्यक्तिलाई उपचार सुविधा, उनीहरुको पालनपोषण, शिक्षा तथा रोजगारको […]
काठमाडौँ । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा दादुराको लक्षण देखिएका बालबालिकाको नमूना सङ्कलन गर्ने क्रममा कुनै पनि खोप नलगाएका बालबालिका पनि भेटिएका छन् । जिल्ला नै पूर्ण खोप घोषणा भइसके पनि तीन बालिकाले कुनै पनि खोप लगाएका थिएनन् । बिहीबार बूढीगङ्गा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले दादुराको लक्षण देखा परेका आठ बालबालिकाको रगतको नमूना लिने क्रममा तीन बालबालिकाले […]
काठमाडौँ । दार्चुलामा रहेका सामुदायिक वन क्षेत्र अतिक्रमणका चपेटामा पर्न थालेका छन् । सामुदायिक वनबाट दिनप्रतिदिन वन्यजन्य पदार्थ चोरी तथा वन जङ्गल जथाभावी फँडानी हुँदा अतिक्रमणका चपेटामा पर्न थालेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभरि एक सय ७८ सामुदायिक वन क्षेत्र छन् । तीमध्ये मानिसको बस्ती नजिक भएका सामुदायिक वनको भूभाग अतिक्रमणमापरेको छ । […]
काठमाडौँ । विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् । एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अमित ढुङ्गाना र डा अभिशेष वाग्ले मात्रै कार्यरत छन् । दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकको सहयोगमा बिरामीको उपचार भइरहेको […]