काठमाडौं।सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर […]
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सञ्चालन हुँदैछ । हिउँदे अधिवेशन संसदको विधेयक अधिवेशन हो । विधेयक अधिवेशन सञ्चालनको सम्पूर्ण तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । सदन अनुगमनको क्रममा सभामुख घिमिरेले विधेयक अधिवेशनलाई प्रभावकारी बनाइने बताए । यसका लागि बैठका कार्यतालिकाअनुसार सञ्चालन हुने र यसलाई प्रभावकारी बनाइने सञ्चारकर्मीहरूलाई उनले […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । महानगरले हालै धरहरामा निःशुल्क पार्किङ सुरू गरेपछि त्यसलाई बन्द गर्न पत्र आएको भन्दै उनी आक्रोशित बनेका हुन् । उनले भनेका छन्- उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र […]
पाँच जना शाखा अधिकृत रात्रपत्रांकित द्वितीय श्रेणी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस समितिले बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी रहेका छन् । चार जना उपसचिवमा बढुवाका लागि […]
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी हप्ता चितवन भ्रमणमा जाने भएका छन्। पछिल्लो समय तराईं-मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा आगामी हप्ता चितवनको भ्रमणका लागि भरतपुर जाने पूर्वराजा शाहको सचिवालयले जनाएको छ। ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा आगामी हप्ता […]
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको पार्टी पार्टी केन्द्रसम्म आईपुगेको छ । शनिबार राती कार्ययोजना प्रस्तुत गर्नेसम्बन्धमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको थियो । एमालेको जिल्ला अधिवेशनको विवाद पार्टी हेडक्वाटरमा आईपुगेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अध्यक्ष ढुंगेलसहित ८ जना नेतालाई छलफलका लागि बोलाएका छन् । एमालेका एक नेताका अनुसार ओलीले प्रदेश अध्यक्ष […]
तीन दिनपछि सरेको नेकपा (एमाले) दोलखाको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। यसअघि एमाले दोलखाको दशौं जिल्ला अधिवेशन यही माघ १९, २० र २१ गते सम्पन्न गर्ने निर्णय भएकोमा तीन दिन पछि सरेर २२, २३ र २४ गते पुगेको थियो । अधिवेशनको प्रतिनिधि छनोटको काम सम्पन्न भैसकेको छ। नेकपा एमाले दोलखाको १० औँ जिल्ला […]
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह र कभर गायिका शिवाना श्रेष्ठबीच माघ २१ गते विवाह हुँदैछ । देउवाको परिवार विवाहको अहिले तयारीमा जुटेको छ । निम्तो पत्र बाँड्ने कार्य पनि चलिरहेको छ । फागुन २ गते आर्मी अफिसर्स क्लबमा प्रीतिभोजको आयोजना गरिएको छ । भोजमा फूल, माला, खादा तथा उपहार नल्याउन निम्तालुलाई […]
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष त्रिपाठीले पनि विज्ञप्ति निकालेर अधिवेशन स्थगित नभएको बताएका हुन् । ‘केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सन्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा […]
नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा धक्कामुक्का भएको छ । धक्कामुक्काबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको थियो । त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का भएको जनाइएको छ । बन्दसत्रमा […]
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा अरुण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको प्रत्यक्ष प्रभाव सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा परेको छ । कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीका भाइ अरुण पक्राउ प्रकरणले कांग्रेसको संसदीय दल तात्तिएको छ । शुक्रबार कांग्रेसको संसदीय दलको बैठकमा विनोद चौधरीले भाइ अरुणको पक्राउ प्रकरणलाई प्रवेश गराइसकेका छन् । देउवालाई अरुण […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि दबाबयात्रा गर्दैछ । रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रव्यापी दबाबयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ । २१ माघदेखि २१ चैतसम्म पहिलो चरणको दबाबयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ । त्यसअन्तर्गत आज सिन्धुपाल्चोकको मेलम्चीबाट सभापति रवि लामिछानेले दबाबयात्रा सुरु गर्नेछन् । प्रत्येक […]