राजनीति

एक्काइसौं शताब्दीको जनवाद नयाँ ढंगले लागू गर्दैछुः प्रधानमन्त्री

एक्काइसौं शताब्दीको जनवाद नयाँ ढंगले लागू गर्दैछुः प्रधानमन्त्री

काठमाडौँ प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको बताए । सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रूपमा आयोजित […]

  • ११ महिना अगाडि
गठबन्धनमा सिके राउतको विद्रोह : मधेशमा छुट्टै उम्मेदवार

गठबन्धनमा सिके राउतको विद्रोह : मधेशमा छुट्टै उम्मेदवार

सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको छ। मधेश प्रदेशमा जनमत पार्टीका रामशंकर महासेठले उम्मेदवारी दिएका हुन्। गठबन्धनले जनमतलाई सिट नदिएपछि असहमति जनाउँदै उम्मेदवारी दर्ता गरिएको जनमतले जनाएको छ। गठबन्धनबाट नेपाली कांग्रेसका आनन्द ढुंगाना र जसपाकी पूजा चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। ढुंगानाले अन्यतर्फ र चौधरीले महिलातर्फ उम्मेदवारी […]

  • ११ महिना अगाडि
गण्डकीमा गठबन्धनले गर्‍यो उम्मेदवारी दर्ता

गण्डकीमा गठबन्धनले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा गठबन्धन दलले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा अन्यतर्फ गोरखाका किरणबहादुर श्रेष्ठ, अपांग/अल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् । यसअघि नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा […]

  • ११ महिना अगाडि
लुम्बिनीमा झक्कुप्रसाद सुवेदीले गराए उम्मेदवारी दर्ता

लुम्बिनीमा झक्कुप्रसाद सुवेदीले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन्। रोल्पाका सुवेदीले नेकपा माओवादी केन्द्रको तर्फबाट अन्य क्लस्टरतर्फ मनोनयन दर्ता गराएका हुन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं – २ बाट निर्वाचित सुवेदी पुर्व जिविस सभापति समेत हुन् ।

  • ११ महिना अगाडि
राष्ट्रियसभा निर्वाचन : एमाले उम्मेदवारको नामै मतदाता नामावलीमा भेटिएन

राष्ट्रियसभा निर्वाचन : एमाले उम्मेदवारको नामै मतदाता नामावलीमा भेटिएन

मतदाता नामावलीमा नाम नभएपछि नेकपा एमालेका उम्मेदवार उम्मेदवारी बिना फर्केका छन्। साेमबार निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमा उम्मेदवारी दिन आएका अर्जुन सिंहको नाम मतदाता नामावलीमा नाम नभएपछि उम्मेदवारी बिना फर्किएका हुन्। उनी फर्किएपछि एमालेले मधेस प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार परिवर्तन गरेकाे छ। निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमा उम्मेदवारीका लागि आएका सिंहको नाम नभएपछि एमालेको उम्मेदवार फेरिएको […]

  • ११ महिना अगाडि
राष्ट्रियसभा निर्वाचन: कांग्रेसका जितजंग र विष्णुदेवीले दर्ता गरे उम्मेदवारी

राष्ट्रियसभा निर्वाचन: कांग्रेसका जितजंग र विष्णुदेवीले दर्ता गरे उम्मेदवारी

नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । सोमबार बागमती प्रदेश राजधानी हेटौँडा पुगेर सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेत र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् । बागमती प्रदेशबाट बस्नेतले अन्य र पुडासैनीले महिला क्लस्टरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

  • ११ महिना अगाडि
बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता

बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।

  • ११ महिना अगाडि
राष्ट्रियसभा मधेस र मधेसीमुक्त भयो, बधाई : माओवादी नेता

राष्ट्रियसभा मधेस र मधेसीमुक्त भयो, बधाई : माओवादी नेता

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामकुमार शर्माले राष्ट्रिय सभालाई मधेस र मधेसीमुक्त गरिएको भन्दै गुनासो गरेका छन्। सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले मधेसलाई बेवास्ता गर्दै अन्य समूहबाट राष्ट्रियसभामा सिफारिस गरेपछि नेताहरू रुष्ट भएका हुन्। माओवादीले मधेसको पहिचानको मुद्दालाई बेवास्ता गर्दै राष्ट्रिय सभामा नमसेटेकोमा उनले गुनासो पोखेका हुन्। यसैबीच नेता शर्माले माओवादी […]

  • ११ महिना अगाडि
कृष्ण सिटौलाले गरे उम्मेदवारी दर्ता

कृष्ण सिटौलाले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। देशभरका प्रदेश राजधानीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर मनोनयन थालिएको हो। कोशी प्रदेशमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले बिहान १० बजे नै उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धनमा एकै पटक उम्मेदवारी दर्ता भएको हो। कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाका अनुसार […]

  • ११ महिना अगाडि
कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार

कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आफ्ना उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निर्णय गरेको हो । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला (अन्य), मधेस प्रदेशमा आनन्दप्रसाद […]

  • ११ महिना अगाडि
राष्ट्रियसभामा झक्कु सुवेदी : जिविस सभापति छाडेर जनयुद्धमा, पहिलो चुनाव मै माधव नेपाल हराए !

राष्ट्रियसभामा झक्कु सुवेदी : जिविस सभापति छाडेर जनयुद्धमा, पहिलो चुनाव मै माधव नेपाल हराए !

आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। देशका सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रियसभाका २० सिटको पदावधि आगामी फागुन २० गते सकिँदैछ। ६ वर्षे कार्यकाल सकिएर रिक्त हुन लागेका राष्ट्रियसभाका २० सिटमा […]

  • ११ महिना अगाडि
दोलखाका घनश्याम रिजाल एकीकृत समाजवादीबाट राष्ट्रियसभाका उम्मेदवार

दोलखाका घनश्याम रिजाल एकीकृत समाजवादीबाट राष्ट्रियसभाका उम्मेदवार

नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमतीमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा एसले उम्मेदवारको नाम टुंगो लगाउन उपाध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष […]

  • ११ महिना अगाडि