राजनीति

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौँ । उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ । यादवले संघतर्फ १ सय ८४ र प्रदेशतर्फ ३ सय २९ जना सांसदको मत पाउनुभएको छ । नेकपा एमालेकी उम्मेदवारी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।  शाक्यले प्रदेशतर्फ १ सय ६९ र संघतर्फ १ सय […]

  • २ years अगाडि
उपराष्ट्रपति निर्वाचन ः  मतदान सम्पन्न

उपराष्ट्रपति निर्वाचन ः मतदान सम्पन्न

मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । बिहान १० देखि सुरु भएको […]

  • २ years अगाडि
संसद बैठकअघि कांग्रेसले निर्णय गरेर सत्तापक्षमा जानेः महामन्त्री थापा

संसद बैठकअघि कांग्रेसले निर्णय गरेर सत्तापक्षमा जानेः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ५ गतेको संसद बैठक अघि नेपाली कांग्रेसको बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले संसदको प्रतिपक्षबारे भइरहेको विवाद सुल्झाउन संसद बैठक अघि नै कांग्रेसले निर्णय गर्नुपर्ने  बताए । ‘हामी आजको दिनसम्म प्रमुख प्रतिपक्ष […]

  • २ years अगाडि
अध्यक्ष ओलीद्वारा मतदान

अध्यक्ष ओलीद्वारा मतदान

नेकपा९एमाले० एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ ।

  • २ years अगाडि
अन्तर्वार्ता : व्यवसायीका समस्या समाधानमा प्रधानमन्त्रीको आश्वासन कार्यान्वयनको प्रतीक्षामा छौँ : उपाध्यक्ष श्रेष्ठ

अन्तर्वार्ता : व्यवसायीका समस्या समाधानमा प्रधानमन्त्रीको आश्वासन कार्यान्वयनको प्रतीक्षामा छौँ : उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ ३० वर्षदेखि व्यवसायमा हुनुहुन्छ । व्यवसायलाई विविधिकरण गरी लामो विभिन्न क्षेत्रमा लगानी बिस्तार गर्नुभएका श्रेष्ठ सफल व्यवसायी मानिनुहुन्छ । प्रस्तुत छ, उहाँसँग मुलुकको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रले झेल्नु परेका समस्याका सन्दर्भमा केन्द्रित रही राष्ट्रिय समाचार समितिका लागि उप-सम्पादक कमलकुमार बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अशः प्रश्न […]

  • २ years अगाडि
पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नुभयो । भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र […]

  • २ years अगाडि
राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव

राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव

उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताउनुभएको छ । आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “संविधानको पालना, रक्षा र राष्ट्रिय एकतालाई प्रवर्द्धन मेरो प्राथमिकता हुनेछ ।” नेपाललाई क्षमतामूलक समृद्ध मुलुकका रुपमा विकास गर्न आफूले भूमिका निर्वाहमा उहाँले जोड दिनुभयाे । यादवले उपराष्ट्रपतिमा आफू निर्वाचित […]

  • २ years अगाडि
प्रधानमन्त्री दाहालद्वारा मतदान

प्रधानमन्त्री दाहालद्वारा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । सङ्घतर्फ दुई सय १२ र […]

  • २ years अगाडि
पूर्वप्रधानमन्त्रीद्वय देउवा र  नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालद्वारा मतदान

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँहरुले मतदान गर्नुभएको हो । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । अपराह्न १२बजेसम्म सङ्घतर्फ दुई सय १२ […]

  • २ years अगाडि
उपराष्ट्रपति निर्वाचन ः सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान

उपराष्ट्रपति निर्वाचन ः सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान

उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उहाँहरुले मतदान गर्नुभएको हो । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । बिहान ११ बजेसम्म दुई सय २० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ […]

  • २ years अगाडि
उपराष्ट्रपति  निर्वाचन : २२० मत खस्यो

उपराष्ट्रपति निर्वाचन : २२० मत खस्यो

सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा […]

  • २ years अगाडि
किरियापुत्रीद्वारा मतदान

किरियापुत्रीद्वारा मतदान

उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो । पिता लोकराजको निधनमा आशोच बारिरहनुभएका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गर्नुभएको हो । उहाँ आजै दिउँसो पोखरा फर्कँदै हुनुहुन्छ । राससको जिज्ञासामा उहाँले […]

  • २ years अगाडि