प्रदेश समाचार

मर्दी हिमालबाट एक विदेशी पर्यटक हराए

मर्दी हिमालबाट एक विदेशी पर्यटक हराए

कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटक सम्पर्कविहीन भएका छन्। शनिबार बिहान ४ बजे हाइक्याम्पमा रहेको म्याजिक माउन्टेन होटलबाट पानीको बोतल र टर्चलाइट बोकेर बेसक्याम्पतिर लागेका स्विडेनका मिची नाम गरेका पर्यटक साँझसम्म होटल नफर्केको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले जानकारी दिए। पालिकाले पछिल्लो समय पर्यटन सूचना केन्द्र सञ्चालनको काम थालेको छ। […]

  • १ year अगाडि
सर्लाहीका मिटरब्याज पीडितको रातभर जाग्राम

सर्लाहीका मिटरब्याज पीडितको रातभर जाग्राम

सर्लाहीका मिटरव्याज पीडितले फेरि आन्दोलन सुरु गरेका छन्। प्रहरी प्रशासन पीडकको पक्षमा लागेको भन्दै मिटरव्याज पीडितले बिहीबारदेखि सदरमुकाम मलंगवामा आन्दोनल सुरु गरेका हुन्। गएराति झण्डै दुई सय पीडितले मलंगवाकै सडकमा रात काटेका छन्। आन्दोलनमा अधिकांश महिला छन्। मध्यपुसको यो चिसोमा सडकमै टेन्ट टाँगेर बसेका उनीहरुले सडकमै खाना बनाएर खाएका छन्। शुक्रबार बिहानैबाट पीडितले मलंगवास्थित जिल्ला […]

  • १ year अगाडि
बानेश्वरको आकासे पुलमा दुई वटा लिफ्ट राख्ने तयारी

बानेश्वरको आकासे पुलमा दुई वटा लिफ्ट राख्ने तयारी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ । उक्त पुलको दुवैपट्टी एक/एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरुप प्रयोग गर्न सक्नेछन् । लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि […]

  • १ year अगाडि
रवि बुटवलतर्फ सोझिए

रवि बुटवलतर्फ सोझिए

नारायणगढ बुटवल सडक निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको दबाबमूलक पैदल यात्रा बुधवार बिहान बर्दघाटको त्रिवेणी चोकबाट सुरु भई बुटवलतर्फ लागेको छ । सभापति रवि लामिछाने र पार्टीका केन्द्रीय सदस्यसहित कार्यकर्ताको टोली उक्त पैदल यात्रामा सहभागी रहेका छन् । मङ्गलवार साँझ दाउन्नेमा बसेको टोली आज बिहान पैदल यात्रा सुरु गरी बर्दघाट भुमही र सुनवल हुँदै बुटवलतर्फ […]

  • १ year अगाडि
झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा एमालेले देखेको ३२ बुँदे समस्या र संकल्प

झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा एमालेले देखेको ३२ बुँदे समस्या र संकल्प

झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा एमालेले देखेको ३२ बुँदे समस्या र संकल्प काठमाडौं नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समीक्षा र समस्या औंल्याएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर यात्राको ३२ बुँदे निष्कर्ष निकालेका हुन् । जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको उल्लेख गर्दै ओलीले भने, […]

  • १ year अगाडि
भक्तपुरमा मृत भेटिए नेपाल प्रहरीका सई

भक्तपुरमा मृत भेटिए नेपाल प्रहरीका सई

भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्। आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए। ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्। उनी नेपाल प्रहरी […]

  • १ year अगाडि
डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौंः प्रधानमन्त्री प्रचण्ड

डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौंः प्रधानमन्त्री प्रचण्ड

डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौंः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताए । शनिबार दिउँसो माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको […]

  • १ year अगाडि
क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा

क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा

काठमाडौं, पुस ८ । इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आज शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ । यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू […]

  • १ year अगाडि
काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम

काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम

काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । “यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,” मौसमविद् सञ्जिव अधिकारीले बाह्रखरीसँग भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको […]

  • १ year अगाडि
बारा दुर्घटना अपडेट: ३ जनाको मृत्यु, २७ जना घाइते (घाइतेहरुको नामसहित)

बारा दुर्घटना अपडेट: ३ जनाको मृत्यु, २७ जना घाइते (घाइतेहरुको नामसहित)

बारा- बाराको अम्लेखगंजस्थित ३ नं.पुलको मोडमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्दत गर्दै हाम्रा बारा संवाददाता गुरुप्रसाद गौतमले जनाएका छन । मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटार बस्ने बर्ष २८ का पुर्ण गुरूङ र बस चालक मकवानपुर हेटौँडा […]

  • १ year अगाडि
लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि …

लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि …

झापा। उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो । पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी उहाँ हरेक बिहान पाँच बज्नु […]

  • १ year अगाडि
एक महिनाभित्र मेलम्चीको पानी काठमाडौँ झार्ने ठोकुवा !

एक महिनाभित्र मेलम्चीको पानी काठमाडौँ झार्ने ठोकुवा !

मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण हुने दाबी गरेको छ। समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौँ उपत्यकामा वितरण गर्ने जनाएका हुन्। पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत […]

  • १ year अगाडि

लोकप्रिये