झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको हो । जितसँगै लिङ्गखेप र पोख्रेलको जोडीले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका […]
काठमाडौं । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला विश्व शान्ती तपोबन भूमी लुम्बिनीमा हुने भएको छ । उक्त भेला आगामी चैत्र २३ गते हुने भएको र सोको तयारी समेत थालिएको एकेडेमीले जनाएको छ । भेला एकेडेमीका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यता हुने एकेडेमीकी उपमहासचिव सूवर्ण श्रेष्ठले […]
भैरहवा । मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो । हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ । भोजपुरी […]
चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो । दोस्रो चौमासिकसम्ममा विभागले रू तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर यो अवधिको […]
गण्डकी, १ चैत (रासस) ः हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । हाल पोखरालाई काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र भद्रपुरसँग हवाई सञ्जालले जोडेको छ । कोभिड–१९ महामारी जस्ता कारणबाट बन्द उडान सेवा पनि पुनः सञ्चालन गर्ने […]
काठमाडौं । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौंमा दुई विद्यार्थी संगठन एक भएर मैदानमा उत्रिएका छन् । नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारी र नेकपा एमाले निकटको अनेरास्ववियूले शनिबार संयुक्त प्यानल घोषणा गरेका हुन् । क्रान्तिकारीका ६ र अनेरास्ववियूका ५ जना गरि प्रत्यक्षतर्फ ११ जनाको उम्मेदवारी रहेको […]
पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो । आज भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० […]
वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवनप्रसाद पाठकले गर्नुभयो । डढेलो व्यवस्थापनलाई प्रोत्साहन […]
बाँके । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहार रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले […]
ललितपुर । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र […]
रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ ले आगामी शुक्रबार र शनिबार राजधानीमा राष्ट्रिय सम्मेलन गर्नेभएको छ । सम्मेलनमा ७२ जिल्लाका एक सय ५५ क्लबका प्रतिनिधि सहभागी हुने डिस्ट्रिक्ट गभर्नर जीतेन्द्रराज राजभण्डारीले राससलाई जानकारी दिनुभयो । स्वार्थभन्दा माथि उठेर समुदायका सेवा गर्ने उद्देश्यले एक सय ८८ वर्षअघि रोटरी क्लबको सुरुआत् भएको थियो । क्लबले विपन्न वर्गको समुदायमा शिक्षा, […]
भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी गरिएको छ । पालिकाभित्रका विभिन्न निर्माणको जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही सुरु गरिएको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले यस वर्ष दुई निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गर्नाका […]