भैँसेपाटी जंगलमा मृत भेटिएका युवकको सनाखत

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० 0९:३९
भैँसेपाटी जंगलमा मृत भेटिएका युवकको सनाखत

ललितपुरको भैँसेपाटी जंगलमा फेला परेको युवकको शवको सनाखत भएको छ। मंगलबार बिहान ललितपुर महानगरपालिका- २५ भैँसेपाटीस्थित सल्लाघारी जंगलमा प्रहरीले एक युवकको शव फेला पारेको थियो।

उक्त शव ललितपुर महानगरपालिका- १८ का ३२ वर्षीय ईश्वर गिरीको भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

‘उनी तीन दिनअघि नै घरबाट हराएका रहेछन्,’ एसपी सुवेदीले नेपालखबरसँग भने, ‘मृत्युको कारण खुलेको छैन। शव भर्खरै पोष्टमार्टमको लागि पाटन अस्पताल पुर्याएका छौँ।’

गिरी हराएपछि परिवारका सदस्यले उनको खोजीको लागि प्रहरीलाई उजुरी गरेका थिए।

मृतकको शरीरमा कतै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। उनी लागू औषध प्रयोगकर्ता भएको आशंका प्रहरीले गरेको छ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० 0९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट