‘मिसेस चटर्जी भर्सेस नर्वे’ ट्रेलर सार्वजनिक, रानीको दमदार अभिनय

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १६:३२
‘मिसेस चटर्जी भर्सेस नर्वे’ ट्रेलर सार्वजनिक, रानीको दमदार अभिनय

बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर नयाँ फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक २ मिनेट ४७ मिनेटको ट्रेलरमा रानी एक आमाको भूमिकामा छिन्, जो आफ्नो कोखबाट खोसिएका दुई बच्चाका लागि पूरै देशसँग लडिरहेकी छन् । वास्तविक घटनामा आधारित भएर बनेको फिल्मको ट्रेलरमा रानीको अभिनय र संवाद ‘पावरफुल’ छ ।

फिल्म एक आमाको कहानीमा आधारित छ, जो आफ्ना दुई सन्तान र श्रीमानसँग नर्वेमा बस्छिन् । तर, एक दिन यस्तो घटना हुन्छ, जसले सबथोक बदलिदिन्छ । मिसेस चटर्जी (रानी) खराब आमा रहेको भन्दै दुई सन्तानलाई उनीबाट खोसिन्छ । यसपछि आफ्नो सन्तान पाउन उनले लडेको लडाई कसरी सुरु हुन्छ र पूरै देशको विरुद्ध उनी कसरी उभिन पुग्छिन् भन्ने ट्रेलरमा देखाइएको छ ।

मार्च १७ मा प्रदर्शन हुन लागेको फिल्ममा रानीका अलावा जिम सरभ, नीना गुप्ता र अनिर्बान भट्टाचार्यको पनि मुख्य भूमिका छ । फिल्मलाई आशिमा छिब्बरले निर्देशन गरेकी हुन् । उनले यसअघि ‘मेरे ड्याड की मारुती’को निर्देशन गरेकी थिएन् । जि स्टुडियो र एम्मे इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा निखिल आडवाणी, मोनिषा आडवाणी र मधु भोजवानी छन् ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट