बाँके । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहार रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट
खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।