उपसचिवको घरबाट ३७ लाख बोकेर कुलेलाम ठोक्ने समातिए

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० 0९:३६
उपसचिवको घरबाट ३७ लाख बोकेर कुलेलाम ठोक्ने समातिए

भक्तपुरको दिव्यश्वरी टाउन प्लानिङस्थित उप–सचिवको घर । मध्यपुर थिमि नगरपालिका–२ स्थित उप–सचिवको घरमा कार्तिक २४ मा चोरी भएको हो । सुन, हिराको गहना र मोबाइलसहित ३७ लाख २७ हजार चोरी भएको थियो ।

१ महिनाको अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेको छ । चोरीमा संलग्न आरोपी हुन्, काभ्रेको तेमाल गाउँपालिका–७ घर भएका विक्रम नेपाली । रडले उप–सचिवको घरको ढोका फुटाएर उनले दिउँसै चोरी गरेका हुन् ।

दिव्यश्वरीबाट विक्रमले सुन र हिराबाहेक करिब ७० हजार नगद चोरेको पीडितले प्रहरीलाई बताएका छन् । चोरेको केही सुन उनले कोटेश्वर र भक्तपुरमा बेचेका थिए । चोरीको सुन किनेको आरोपमा प्रहरीले दुईजना सुन व्यापारीलाई पनि पक्राउ गरेको छ ।

दिब्यश्वरीमा भएको चोरीबारे अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी डिलबहादुर मल्ल काभ्रेको तेमाल–७ स्थित ठाँटीमा पुगेका थिए । त्यहाँ प्रहरीले विक्रमको घरमा छापा मारेर सुन र हिरा बरामद गरेको छ ।

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट