काठमाडौंका सडकमा खाल्डाखुल्डी छैनन् : यातायातमन्त्री

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १४:0८
काठमाडौंका सडकमा खाल्डाखुल्डी छैनन् : यातायातमन्त्री

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकाका सडक अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने उनले दाबी गरे।

मन्त्री ज्वालाले भने– ‘तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा, कृषिको क्षेत्रमा, खानेपानी, फोहोर व्यवस्थापनको क्षेत्रमा, खोलाको समस्याको समाधानको क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ। तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ। त्यसका लागि नेपाल सरकार तयार छ। पूर्वाधार निर्माणको क्षेत्रमा, सडक निर्माण, खाल्डाखुल्डी ममर्तका कुरा होउन्, काठमाडौं उपत्यकालाई धूलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरा होस्, यी सबै काममा सहकार्य गरेर अघि जाउँ। विकास निर्माणको काममा सहकार्य गर्न हामी तयार छौँ। काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डा देख्न सक्हुन्न। खानेपानीले समस्या बनाउँछ, विद्युत्‌ले समस्या बनाउँछ, र पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ। बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ।’

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट