काठमाडौं।चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् ।
बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी रहेको पुष्टि भएको छ । उनी मृत भेटिएका छन् । उनको मृत्यु आत्महत्या वा प्रहरी कार्वाहीमा भयो भन्ने स्पष्ट भएको छैन । बन्दुकधारीको पहिचान पनि खुलाइएको छैन ।
यसअघिका केही हत्याकाण्डमा समेत उनको संलग्नता भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाका बेला विश्वविद्यालय परिसरमा भागदौड मच्चिएको थियो ।
राष्ट्रपति पेत्र पाभेलले घटना चेकको इतिहासमै सर्वाधिक त्रासदीपूर्ण भएको बताउनु भएको छ । मृतकहरुप्रति सम्मान व्यक्त गर्न भोलि शोकसभा गरिने भएको छ ।