आजदेखि देशभरका सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० 0९:४९
आजदेखि देशभरका सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली

आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन् ।

प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए ।

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० 0९:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट