भारतीय महिला टोलीले पहिलोपटक अस्ट्रेलियालाई टेस्टमा हरायो

  • मिसन संवाददाता
  • सोमवार, पुस ९, २०८० 0८:0४
भारतीय महिला टोलीले पहिलोपटक अस्ट्रेलियालाई टेस्टमा हरायो

भारतीय महिला क्रिकेट टोलीले टेस्ट प्रतियोगिताको एकमात्र खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इतिहास रचेको छ।

अस्ट्रेलियाविरुद्धको टेस्टमा भारतीय महिला टोलीको यो पहिलो जित हो।

मुम्बईको वानखेडे स्टेडियममा खेलिएको यो टेस्ट जितका लागि भारतले दोस्रो इनिङ्समा ७५ रन मात्र जोड्नु परेको थियो।

यो लक्ष्य भारतले दुई विकेट गुमाएर पुरा गरेको थियो।

यस खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा २१९ रन बनाएको थियो जसको जवाफमा भारतले ४ सय ६ रन बनाएको थियो। अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा २६१ रन बनाएको थियो।

भारतका लागि पहिलो इनिङ्समा तीन विकेट र दोस्रो इनिङ्समा चार विकेट लिने स्मृति राना यस खेलको उत्कृष्ट खेलाडी घोषित भइन्।

गत हप्ता पनि भारतले एकमात्र टेस्टमा इंग्ल्यान्डलाई ३४७ रनले हराउँदै इतिहास रच्यो।

  • मिसन संवाददाता
  • सोमवार, पुस ९, २०८० 0८:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट