भारतका ‘मस्ट वान्टेड’ सार्प सुटर नेपाल प्रहरीको गोलि लागेर ठहरै !

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० 0९:५८
भारतका ‘मस्ट वान्टेड’ सार्प सुटर नेपाल प्रहरीको गोलि लागेर ठहरै !

बारा प्रहरीले गोली प्रहार गरी प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेको एक जनालाई समातेको छ। भारतको मोतिहारीस्थित छौडादानु ग्राम पञ्चायत-१३, सुक्लहियाका ३२ वर्षीय सुजितकुमार सिंहलाई समाउन प्रहरीले गोली चलाएको हो।

बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार पक्राउ परेका ती व्यक्ति नेपालमा मात्र नभई भारतीय प्रहरीको पनि मस्ट वान्टेड सूचीमा छन्। उनी कन्ट्र्याक्ट किलर हुन्। बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा भएका विभिन्न आपराधिक घटनाहरूमा उनको संलग्नता रहेको यसअघिका विभिन्न घटनाको अनुसन्धानको क्रममै भेटिएको एसपी काफ्लेले बताए।

एसपी काफ्लेका अनुसार उनीसहित केही व्यक्ति फेरि त्यस्तै घटना घटाउन नेपाल प्रवेश गरेको भन्ने सूचना केही दिनअघि नै बारा प्रहरीले पाएको थियो। त्यसपछि शंकास्पद क्षेत्रको निगरानी र प्रहरीको गस्ती बढाइएको थियो।

सोही क्रममा आइतबार बेलुका बिश्रामपुर गाउँपालिका-३ मा प्रहरीलाई देखेपछि सिंह भागेका थिए। एसपी काफ्लेका अनुसार सिंहले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो।

उनको गोडामा दुई गोली लागेको छ। उनको साथबाट प्रहरीले सानो पेस्तोल र गोली बरामद भएको एसपी काफ्लेले जानकारी दिए। सिंहको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० 0९:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट