स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा संस्थाको तर्फबाट जाजरकोट भुकम्पका पिडितको आवास पुनर्निर्माणका लागि ५ लाख सहयोग गरेको छ । संस्थाका प्रतिनिधिहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेक हस्तान्तरण गरेका हुन् ।
संघले विभिन्न माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । एनओसी लिंदा देखिने समस्या, विद्यार्थी बिमा, परामर्श व्यवसायमा लाग्ने दोहोरो कर, विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न कानुन निर्माण लगायतका विषयमा संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले सामाजिक उतरदायित्व निर्बाहमा फेकनको भूमिकाको प्रशंसा गर्दै जायज मागहरु सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।