१ करोड घुस लिने प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै हत्कडी

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १४:२0
१ करोड घुस लिने प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै हत्कडी

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्। उनलाई बुधबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए। ‘हिजो-अस्ती उहाँ हाजिर हुनुभएको थिएन। बिदा पनि थियो। आज उहाँ हाजिर भएको थाहा पाएपछि हामीले लिएर आयौं,’ पौडेलले भने।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेको थियो। उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए।

स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएका थिए।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट