गभर्नर एम. अधिकारीको योग्यतामा प्रश्न : आज प्रारम्भिक सुनुवाइ

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० 0९:३१
गभर्नर एम. अधिकारीको योग्यतामा प्रश्न : आज प्रारम्भिक सुनुवाइ

गभर्नर महाप्रसाद (एम) अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । अधिवक्ता दीपकराज जोशी लगायत चार जनाले गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दावी सहित रिट निवेदन दर्ता गरेका हुन् ।

नियुक्तिको करिव चार वर्षपछि गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाइ रिट निवेदन दर्ता भएको हो । रिट निवेदकले उनको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकीर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा गभर्नरको अरु मापदण्डका साथसाथै न्यूनतम शैक्षिक योग्यता सम्बन्धी व्यवस्था छ । उक्त दफामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानूनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकको वेबसाइटमा गभर्नर अधिकारी भारतको इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्स् अफ इण्डियामा चार्टर्ड एकाउन्टेन्ट पढेको र नेपाल आएर आइक्यानको सदस्यता लिएको उल्लेख छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट