नेपाल प्रहरीका १६ डीआईजीको सरुवा: कुन प्रदेशमा कसको कमाण्ड ? (सूचीसहित)

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० 0६:३६
नेपाल प्रहरीका १६ डीआईजीको सरुवा: कुन प्रदेशमा कसको कमाण्ड ? (सूचीसहित)

नेपाल प्रहरीका १६ जना नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । गृह मन्त्रालयले मंगलबार गरेको डीआईजीहरुको सरुवामा केही प्रदेश प्रहरी प्रमुखहरु पनि फेरिएका छन् ।

प्रदेश र व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा सुची अनुसार कोशी प्रदेश प्रमुखमा डीआईजी चन्द्र कुबेर खापुङ, मधेश प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य, सुदुरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ । त्यसैगरी भिम ढकालको आईजीपीको सचिवालयमा सरुवा भएको छ ।


  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० 0६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट