१५ लाख घुससहित बनेपाका वडा अध्यक्ष गट्ठाघरबाट पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० २१:३३
१५ लाख घुससहित बनेपाका वडा अध्यक्ष गट्ठाघरबाट पक्राउ

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष १५ लाख घुससहित पक्राउ परेका छन्। वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई अख्तियारले बुधबार घुससहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंकालबाट खटिएको टोलीले वडाध्यक्ष बादेलाई १५ लाख घुस लिइसकेको अवस्थामा भक्तपुरको गट्ठाघरबाट नियन्त्रणमा लिएको हो।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रकम लिइसकेपछि उनलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

साथै उनीसँग आएको बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटार स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानसमेतलाई गाडीसहित नियन्त्रणमा लिएको छ।

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० २१:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट