सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी व्यवसायी तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।
इच्छाराजसहित, श्रृजना शाक्य (तामाङ), प्रतिक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मीना कुमारीलाई प्रतिवादी बनाई २०७९ भदौ १६ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले इच्छाराजसहित चारजनालाइ लाई दोषी ठहर गरेको हो। प्रतीक्षा र प्रतिष्ठाले भने सफाई पाएका छन्। सजाय निर्धारणको मिति पेश गर्न बाँकी छ।